सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, असोज ३० । पोखराको विन्ध्यवासिनी मन्दिरमा मंगलबार फूलपाती भित्र्याइएको छ।
प्रत्येक वर्ष आश्विन शुक्लपक्ष(दुर्गापक्ष) सप्तमी तिथिका दिन नवदुर्गाको प्रसादका रूपमा विभिन्न थरिका फूल डोलीमा राखी बढाइका साथ फूलपाती भित्र्याउने गरिन्छ। फूलपाती भित्र्याउने समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका अधिकृत तथा जवानले सलामी अर्पण गरेका थिए।
कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढासहित जिल्ला एवं प्रदेशस्थित कार्यालयका उच्च पदस्थ पदाधिकारीको उपस्थिति थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा