सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २५ । दसैँको बेला हुन सक्ने सडक सवारी चापलाई मध्यनजर गर्दै नौबीसे–नागढुंगा सडकमा ठूला मालवाहक गाडी प्रवेशमा रोक लगाइएको छ ।
दसैँ मनाउन काठमाडौंबाट बाहिरिने गाडीको चाप बढ्ने भएका कारण प्रवेशमा रोक लगाइएको हो।
एक हप्तासम्मका लागि ठूला मालवाहक सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
यात्रुहरूलाई सुरक्षित र समयमा नै गन्तव्यमा पुर्याउन विभिन्न घुम्तीमा २४ घण्टा प्रहरी पनि परिचालन गरिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा