सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २६ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले बेलायतको युनाइटेड रजिस्टर सिस्टम्स लिमिटेडबाट आइएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ ।
कम्पनीले विगतका वर्षको ग्राहक सन्तुष्टि, प्रिमियम संकलन, दाबी भुक्तानी, उत्कृष्टता र गुणस्तर व्यवस्थापन मूल्यांकनको आधारमा उक्त प्रमाण प्राप्त गरेको हो । प्रुडेन्सियल १६ वर्षदेखि नेपालमा निर्जीवन बिमा सेवा प्रदान गर्दै आएको कम्पनी हो । कम्पनिले कर्पोरेटसहित ४६ वटा शाखा कार्यालय मार्फत मेचीदेखि महाकालीसम्म निर्जीवन बिमा सेवा प्रदान गरिरहेको छ ।
चुक्ता पुँजी ३२ करोड ४० लाख रुपैयाँ रहेको यो कम्पनीले सवारी, समुद्री कार्गो, मेडिकल र स्वास्थ्य, माइक्रो, ज्वेलरी ब्लक, अग्नि लगायत बिमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले यसअघि आइएसओ ९००१ः२००८ प्रमाणपत्र प्राप्त गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा