सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
परासी, असोज ६ । पश्चिम नवलपरासीस्थित बच्चाको जन्म दिई बेवारिसे अवस्थामा फेला परेकी मानसिक सन्तुलन गुमाएकी एक महिलालाई उद्धार गरिएको छ ।
बच्चा जन्माइरहेकोे, रगताम्य र बच्चाको नाल नकाटिएको अवस्थामा फेला परेकी ती महिलालाई प्रहरीले उद्धार गरी जिल्ला अस्पतालमा पु¥याएका थिए ।
अस्पतालले बच्चा र आमा दुवैको उपचार गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा अनन्तकुमार शर्माले जानकारी दिए । आमा र बच्चाको स्वास्थ्य अवस्थामा सुधार आए पनि आमाको मानसिक अवस्था नराम्रो भएकाले रामग्राम नगरपालिकाको सहयोगमा कोसिस नेपाल नामक संस्थाले उपचारका लागि उनलाई काठमाडौँ लगेको उनले बताए ।
जिल्ला अस्पतालका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर राय, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टराई, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रप्रसाद गुप्ता, उपप्रमुख रम्भा कुँवर र समाजसेवी रामभवन यादवको विशेष सहयोग तथा रोहवरमा आमालाई मानसिक सन्तुलनको उपचार गर्न तीन महिनाका लागि राजधानी पठाइएको नगर उपप्रमुख कुँवरले बताए । तीन महिनाको उपचार खर्च नगरपालिकाले व्यहोरेको छ ।
बच्चा भने अहिले अस्पतालको रोहवरमा राखिएको छ । अस्पतालका नर्सहरुले बच्चाको रेखदेख गर्दै आएको र बच्चा स्वास्थ्य अवस्था राम्रो रहेको डा शर्माले बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा