सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वीरगंज, असोज ४ । प्रदेश दुईको विभिन्न स्थानमा राजपालगायत दलहरुले संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाउँदा मधेश आन्दोलनका अगुवाले भने मृत संविधानको पुनर्जीवन खोज्न नसकिने अवधारणा राखेका छन्।
राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसी समुदायको दुख देखेर अाफ्नो आँसु नै रित्तिइसकेको भन्दै राजपा कसैको पिछलग्गु नबन्ने स्पष्ट पारे । ‘मधेसको मुद्दालाई किनारा लगाएर कुनै हालतमा आत्मसमर्पण गर्दैनौं’, उनले भने, ‘अन्तिम समयसम्म ललड्नेछौँ।’ सानो पाइला, सेसीफ र युवा संघ शक्ति सघंको आयोजनामा भएको बहस कार्यक्रम बिहीबार पनि चल्नेछ।
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसको माग समयमै संबोधन हुन नसके अलग मधेसको माग पनि उठ्न सक्ने चेतावनी दिएका छन्।
संविधान जारी भएको असोज ३ का दिन कालो दिवसका रुपमा मनाउने क्रममा बुधबार वीरगन्जको घण्टाघर चोकमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै ठाकुरले भने, ‘महाभारतमा पाण्डवले पाँच गाउँ माग्दा कौरवले पुरै राज्य नै गुमाउनु परेको थियो, यदि मधेसका माग र असन्तुष्टि समयमै सम्बोधन हुन सकेन भने मधेसले छुट्टै देशको पनि माग गर्न सक्छ।’
लोकतन्त्र प्राप्तिको संघर्षमा मधेसीको पनि त्याग र बलिदानी रहेको उनले स्मरण गरे। ‘लोकतन्त्रमा हाम्रो पनि अंश छ, हाम्रो पनि हिस्सेदारी छ । तर त्यो अहिलेसम्म पनि पाउन सकिएको छैन’, ठाकुरले भने, ‘यदि त्यो अंश र हिस्सा मधेसीले पाउन सकेनन् भने मधेसीले अलग राष्ट्रको नै माग गर्न सक्छन्।’
बुहदलीय प्रजातन्त्र पछि मुलुकका हरेक प्रधानमन्त्रीले मधेसी दलसँग पटक–पटक सम्झौता र सहमति गर्दै आएको भएपनि उत्तः सहमति र सम्झौता कार्यान्वयनमा धोका दिएको आरोप ठाकुरले लगाए। मधेसीबाट खोसिएका हक अधिकार नपाएसम्म मधेसमा संविधानविरुद्ध संघर्ष जारी नै रहने उनको भनाइ छ।
विरोधसभालाई सम्बोधन गर्दै राजपाका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले मधेसीको बलिदानी र त्यागलाई राजपाले खेर जान नदिने बताए। अन्नपूर्णपाेष्टबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा