सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, भाद्र २८ । राजधानीस्थित चक्रपथमा रहेको भाटभटेनीको स्काई गोल फ़ुट्सल एरिनामा खुल्ला फ़ुट्सल प्रतियोगिता हुने भएको छ ।
भाद्र ३० गते हुने प्रतियोगीतालाई लालिगुराँस नेपाल नामक सस्थाले आयोजना गर्न लागेको हो । उक्त फ़ुट्सल प्रतियोगितामा प्रथम हुनेलाई शिल्ड, मेडल र नगद रु ३५,००० र द्धितिय हुनेलाई शिल्ड, मेडल र नगद रु १५,००० पुरस्कारको व्यवस्था गरिएको आयोजक सस्थाका सचिब सुदिप के सी बताए ।
प्रतियोगीतामा भाग लिन भाद्र २९ गते दिनको १ बजे भन्दा अगाडी आफ्नो टिम र खेलाडीहरुको पुरा नामसहित आयोजकले उपलब्ध गराएको फारम भरि तोकियको दस्तुर बुझाउनुपर्ने छ ।
कार्यक्रमलाइ सांग्रिला कश्मेरे , हिमालयन हाइ स्प्रिट एडभेन्चर , होटल मुखम ले प्रायोजन गरेका छन् भने लेट्स हाइक नेपाल र नेपाल खेलकुद महासंघले आंशिक रुपमा कार्यक्रमलाई सघाउने भएका छन् कार्यक्रमलाई सफल तथा ब्यापक बनाउन आधा दर्जन भन्दा बढी मिडिया पार्टनरहरु रहेका छन् ।
आफ्नो टिम दर्ता गराउनका लागि उक्त कार्यक्रमका कार्यक्रम संयोजक सुदिप केसी संग सम्पर्क गर्न उहाको व्यक्तिगत मोबाइल नम्बर (९८६१३६७०९३) मा सम्पर्क गर्न सकिनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा