सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, साउन २५ । नेपाल बङ्गलादेश बैक र एन एल जि ईन्स्योरेन्स बिचमा बैंकासुरेन्स सम्झौता भएको छ ।
शुक्रबार बैकको मुख्य कार्यालयमा भएको सम्झौता पत्रमा नेपाल बङ्गलादेश बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ र इन्स्योरेन्सका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत श्री सुनिल ब. पन्तले हस्ताक्षर गरेका छन् ।
बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई निर्जिबन बिमा कम्पनीले प्रचलनमा ल्याएका बिमा योजना खरिद गर्न सहज हुनेछ ।
योसँगै एन एल जि ईन्स्योरेन्स कम्पनीका बिमा योजना तथा बिमा सेवा सजिलैसँग नेपाल बंगलादेश बैंकका ७१ वटै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा निर्जिबन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा