सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २५। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका बंगलादेशका विद्युत्, ऊर्जा र खनिज राज्यमन्त्री नसरुल हमिदबीच दुई देशबीचको आपसी हित, व्यापार तथा वाणिज्यलगायत विषयमा छलफल भएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले आगामी भदौ १४ र १५ गते हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनका क्रममा बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्न नेपाल सरकार आतुर रहेको बताए ।
बङ्गलादेशी राज्यमन्त्री हमिदले नेपाल र बंगलादेशको मैत्री सम्बन्धलाई आर्थिक, सामाजिक तथा ऊर्जा सहयोगका माध्यमबाट नयाँ उचाइमा पु¥याउने लक्ष्य राखिएको बताए । दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न राज्यमन्त्री नसरुल बिहीबार यहाँ आइपुगेका हुन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा