सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चेल्सी फुटबल क्लबले रेकर्ड राशिमा एटलेटिक बिलबाओका स्पेनिश गोलकिपर केपा अरिजाबलागासँग करार गरेको छ । यो करार पश्चात केपा विश्वको सबैभन्दा महंगो गोलकिपर बनेका छन् । उनले लिभरपुलको गोलकिपर एलिसनलाई पछाडि पारेका छन् ।
केपा लाई चेल्सिले ८० मिलियन युरो (१०१८ करोड रुपैया) मा आफनो टिममा समावेश गरेको छ । उनले क्लबसँग सात बर्षको करारनामा मा हस्ताक्षर पनि गरेका छन् ।
हालैमात्र लिभरपुल क्लबले एलिसनसँग रेकर्ड ७२.५ मिलियन युरो (करिब ९३१ करोड) मा करार गरेको थियो तर चेल्सीले केपासँग करार गर्दे उनलाई विश्वको सबैभन्दा महगो गोलकिपर बनाइदिएका छन् ।
चेल्सीको बेवसाइटमा जारी गरीएको बयानमा केपाले भनेका छन् “मेरो करियर र जिवनको लागी यो धेरै नै महत्वपुर्ण निर्णय हो , यो क्लबको कैयौ कुराले मलाई यहाँसम्म खिचेको छ” ।
उनले अगाडि भनेका छन् “यो क्लबमा कैयौ शिर्षक तथा खेलाडीहरु समावेश छन् । म धेरै नै खुशी छु कि चेल्सीले मलाई भरोसा गर्यो र मलाई आफनो टिममा समावेश गर्यो” ।
केपाले चेल्सीमा थिबाँट क्वाटरेइसको ठाउँ लिनेछन् जिसले चेल्सी छोडेर रियल मेड्रिडसँग छ बर्षको लागी ४४० करोड रुपैयामा करार गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा