सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ७। आज ४० औं पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई देख्दा आफूलाई माया लाग्ने बताएका छन्।
प्रधानमन्त्री ओली भने, ‘हजुरआमाहरूले भन्नुहुन्थ्यो तिमीहरूको उमेरमा त हामी उडेका चरा छोप्थ्यौं। कांग्रेस अहिले उडेका चरा छोप्ने अवस्था पार गरेर घाममा बसेर गफ गर्ने भएको छ। जुरूक्क उठ्न सक्दैन। कांग्रेस देखेर माया लाग्छ।’
२०४८ सालमा कांग्रेसको एकमना सरकारका पालामा आफूहरूमाथि पनि कांग्रेसले दमन गरेको समेत बताए। ‘त्यसबेला एमालेका ३० हजार कार्यकर्तालाई मुद्दा लगायो। तीन वर्षमा ३० पल्ट म पक्राउ परें। सडकमा देख्नै नहुने,’ प्रधानमन्त्री ओलीले भने,‘तीन वर्षमा कांग्रेसले १२२ जनालाई गोली ठोक्यो।
प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनको अधिकांश समय कांग्रेसलाई गाली गर्नमा खर्चिएका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा