भर्खरै

पहिला महान पेलेसँग भइरहेको थियो तुलना, अब १९ बर्षे एमबाप्पेले फिफा विश्वकप २०१८ मा रचे इतिहास


 July 16, 2018     सेतो खबर

क्रोएशियासँग फाइनल प्रतिस्पर्धामा ४–२ ले हराउदै फ्रान्सले फिफा विश्वकप २०१८ को उपाधि उचालेको छ । आइतबार लुजनिकी स्टेडियममा खेलीएको प्रतिस्पर्धामा किलियन एमबाप्पेले इतिहास रचेका छन् । आफनो टिमलाई २० बर्षपछि विश्वकप दिलाउदै यी युवा खेलाडीले दुई वटा विशेष उपलब्धि पनि हासिल गरेका छन् ।

म्याच दोस्रो हाफमा फ्रान्स ३–१ ले अगाडि बढिरहेको थियो तब ६५ मिनेटमा लुकाज हेर्नाडेजले एमबाप्पेलाई पास दिए जसलाई युवा स्ट्राइकरले शानदार गोलमा परिणत गरे । यो सँगै महान फुटबलर पेलेपछि ६० बर्षमा विश्वकप फाइनलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

एमबाप्पेले १९ बर्ष २०७ दिनको उमेरमा यो गोल गरे जबकी विश्वकप फाइनलमा सबैभन्दा कम उमेरमा गोल गर्ने महान ब्राजीलीयन खेलाडी पेले १७ बर्ष २४९ दिनको उमेरमा गोल गरेका थिए । १९५८ विश्वकप फाइनल खेल्दै पेलेले स्विडेन विरुद्ध दुई गोल गरेका थिए ।

फाइनल खेल्ने तेस्रो युवा खेलाडी

फाइनलमा खेल्न मैदान उत्रनेवित्तिकै एमबाप्पेको नाम एउटा अर्को उपलब्धि हासिल गरेका छन् । उनी विश्वकप खेल्ने तेस्रो सबैभन्दा युवा खेलाडी पनि बने । यो रेकर्ड पनि महान पेलेको नाममा छ, जसले १७ बर्ष २४९ दिनको उमेरमा यो चमत्कार गरेका थिए । जसलाई आजसम्म कुनै पनि खेलाडीले छुन पनि सकेका छैनन् ।

दोस्रो स्थानमा इटलीका गियूसिप्पी बेर्गोमी छन् । बेर्गोमीले १८ बर्ष २०१ दिनको उमेरमा वेस्ट जर्मनी विरुद्ध १९८२ विश्वकप फाइनल खेलेका थिए । उनी यो सुचीको दोस्रो स्थानमा छन् । अब क्रोएशिया विरुद्ध इतिहास रच्दै एमबाप्पेले १९ बर्ष २०७ दिनको उमेरमा तेस्रो स्थान हासिल गरेका छन् ।

LIC
LIC



Ime Inside