भर्खरै

फाइनल हारेपछि रोए क्रोएशियाली कप्तान लुका मोडरिच, फ्यानहरुले भने; हामीहरुलाई तपाईप्रति गर्व छ !


 July 16, 2018     सेतो खबर

क्रोएशिया आइतबार फिफा विश्वकप २०१८ को फाइनलमा फ्रान्ससँग २–४ ले पराजित भयो । क्रोएशियाको टिम पहिलो पटक फाइनलमा पुगेको थियो र उसको विश्वकप जित्ने सपना अधुरो भयो । क्रोएशियाको हारको सबैभन्दा बढि असर लुका मोडरिचमा देखियो, जो आफनो आँसुलाई रोक्न सकिरहेका थिएनन् ।

अवार्ड हस्तान्तरण कार्यक्रममा जब गोल्डन बलको शिर्षकबाट मोडरिचलाई सम्मानित गरियो तब पनि उनले आफनो आसु रोक्न सकिरहेका थिएनन् । यस्तैमा क्रोएशियाली राष्ट्रपति कोलिन्दा ग्राबर किटारोविकले मोडरिचलाई अंगालो हाल्दै उनको हौसला पनि बढाए ।

क्रोएशियाको हारमा फ्यानहरुको मिश्रित प्रतिक्रियाहरु आइरहेको छ । कैयौ फ्यानहरु हारबाट निराश भएका छन भने केही फ्यानहरु यहाँसम्म पुग्नु पनि हार नभएर जित भएको बताएका छन् ।

यद्यपी, कैयौ फ्यान क्रोएशियाको हारको बाबजुद पनि निराश छैनन् । उनको अनुसार ४० लाखको जनसंख्या भएको देश फाइनलसम्मको यात्रा तय ठुलो उपलब्धि हो । एउटा फ्यानले भने “फ्रान्सले अन्तिम समयमा धेरै राम्रो प्रदर्शन गर्यो जबकी शुरुवातमा हाम्रो टिमले सजिलैसँग गोल गर्न दियो । ठुलो उपलब्धि फाइनलमा खेल्नु रहयो । हामीहरु लुका मोडरिच र आफनो टिम प्रति गर्व छ” ।

क्रोएशियाको फुटबल टिमलाई सोमबार जाग्रेबमा स्वागत पार्टी राखिएको छ । कैयौ संख्यामा रहेको फ्यानका जाग्रेबमा जाने अनुमान गरीएको छ । प्रधानमन्त्रि आन्दे्रस प्लेकोविच ले सबै कम्पनि तथा कार्यालयका मलिकहरुलाई खुशीयालीमा समावेश हुनको लागी आफना स्टाफहरुलाई छुट्टि दिनको लागी अपिल गरेका छन् । भने टिकट पनि सस्तो गरीने भएको छ ।

ctzn
LIC

LIC


Ime Inside