सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार २७ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पानस रेमिटबीच युरोप लगायत अन्य मुलुकबाट नेपालमा बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ ।
यस सम्झौता बमोजिम अब पानस रेमिट मार्फत युरोप, अमेरिका, अस्ट्रेलिया र मध्य पूर्वी देशहरुबाट नेपालमा पठाएको विपे्रषण रकम नेपालमा रहेका आफन्तहरु तथा अन्य व्यक्तिहरुले सहज रुपमा सिटिजन्स बैंकको नेपाल भर रहेको ७४ वटा शाखाहरु बाट सहज रुपमा भुक्तानी पाउन सक्नेछन् ।
उक्त सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले तथा पानस रेमिटका प्रमुख कार्यकारी अधिकृत धर्मराज पौडेलले हस्ताक्षर गरे । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा