सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असार ६ । संयुक्त राष्ट्रसंघको सुचीबाट तेस्रो लिङ्गिलाई मानसिक रोगीको श्रेणीबाट हटाइएको छ । विश्व स्वास्थ्य संगठनले सोमबार ५५ हजार रोगको सुचीको पुस्तिका जारी गरेको छ, जसमा तेस्रो लिङ्गिलाई दोस्रो श्रेणीमा राखिएको छ ।
नयाँ पुस्तिकालाई अहिलेसम्म संयुक्त राष्ट्रसंघको सदस्य देशहरुबाट स्विकृति भने मिलेको छैन । यो तथाकथित यौन अयोग्यता लाई मानसिक रोगको श्रेणीबाट हटाएर यौन रोगको श्रेणीमा राखिएको हो ।
विश्व स्वास्थ्य संगठनको प्रजनन सम्बन्धि स्वास्थ्य एवं अनुसन्धान विभागका संयोजक लेल से ले भने “हामीहरुलाई आशा छ कि यसको श्रेणी घटनाले यसमाथि लाग्दै आएको धब्बा लाई केही कम गर्नेछ भने यसले उनीहरुको सामाजिक स्विकार्यतामा अझ मद्यत मिल्नेछ”।
यो दस्तावेजलाई विश्व स्वास्थ्य संगठनको जेनेभामा आउदो महिनामा हुन गईरहेको बैठकमा सदस्य देशहरुलाई स्विकृति दिनको लागी पेश गरीनेछ । स्विकृत पश्चात नयाँ सुची जनवरी १, २०२२ देखी लागु हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा