सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १२ । बलीउड अभिनेता जोन अब्राहमको फिल्म ‘परमाणुः द स्टोरी अफ पोखरण’ धेरै विवाद तथा कैयौ पटक रिलिज डेज बदलीनु जस्ता कैयौ कारण पछि पनि फिल्म २५ मे मा रिलिज भयो । यो फिल्मबाट धेरै समय पश्चात जोन ठुलो पर्दामा फर्कीए । फिल्ममा जोनसँगै डायना पेंटी पनि लीड रोलमा छिन ।
यो फिल्मको काहानी १९९८ को त्यो दस्ताबेजमा आधारित छ जसमा भारतको न्युक्लियर पावर देशको सुचीमा समावेश गरीएको थियो ।
शुक्रबार मे २५ मा रिलिज भएको उक्त फिल्मको पहिलो दिनको कमाईको आकडा पनि अगाडी आएको छ । जोन अब्राहम र डायना पेंटीको यो फिल्मले पहिलो दिन बक्स अफिसमा ठिकै मात्रामा शुरुवात गरेको थियो तर साँझ परेपछि फिल्मलाई विषयमा राम्रो प्रतिक्रिया मिल्न थाल्यो र फिल्मले समग्रमा पहिलो दिन राम्रो कमाई गर्यो ।
ट्रेड एनालिस्ट तरण आदर्शले यो फिल्मको पहिलो दिनको कमाईको आकडा शेयर गरेका छन् । तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन ४.८२ करोडको कारोबार गरेको बताएका छन् ।
Limited promotions and IPL semi-final hits the biz of #Parmanu on Day 1… Yet, the wonderful word of mouth should help recover lost ground on Sat and Sun… Fri ₹ 4.82 cr [1935 screens]. India biz.
— taran adarsh (@taran_adarsh) May 26, 2018
फिल्मलाई कुल १९३५ स्क्रीन्समा शेयर गरिएको छ ।
जोन अब्राहमको यो फिल्मको निर्देशन अभिषेक शर्माले गरेका हुन भने फिल्म जोनको प्रोडक्शन हाउसद्धारा प्रोडयूस गरीएको छ । यो भन्दा अगाडि जोन ‘विकी डानर’ र ‘मद्रास क्याफे’ जस्तो फिल्मबाट आफुलाई एक सफल प्रोडयूसर भएको सावित गरीसकेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा