सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ११ । सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्धामा जेलसजाय भोरिहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई माफी दिनु पर्नेको कारणसहित २४ घण्टा भित्र जवाफ दिन सरकारका नाममा आदेश जारी गरेको छ।
शुक्रबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजालसले शुक्रवार ढुङ्गेललाई माफी दिनु पर्नेको कारण कारण देखाउ आदेश जारी गरेको हो ।
डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता बालकृष्ण ढुंगेललाई सरकारले गणतन्त्र दिवस पारेर जेठ १५ मा आम माफी दिन खोजेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई आम माफी दिन नहुने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश कार्कीको एकल इजालसले पक्ष–विपक्ष दुबैलाई आइतबार अदालतमा उपस्थित हुन समेत आदेश जारी गरेको छ।
उनको कैद मिनाहका लागि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यलय काठमाडौंमार्फत सिफारिस मागेको थियो ।
उनलाई कैद मिनाहका लागि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यलय काठमाडौंमार्फत सिफारिस मागेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौले उनीलगायत केही कैदीहरुको कैद मिनाहको सिफारिससहित कारागार व्यवस्थापन विभागलाई पठाईएको खबर वाहिरिएको थियो ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका माओवादी नेता तथा पूर्वसांसद बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागारमा राखिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा