सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुकुम, बैशाख १२ । नेपाली काँग्रेसले पहिलो पटक स्थानीय तहमा छाया सरकार गठन गरेको छ ।
आज जिल्लाको त्रिवेणी गाउँपालिकामा छाया सरकार गठन गरेको हो । काँग्रेस नेता एवं त्रिवेणी गाउँपालिकामा काँग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार देवबहादुर ओलीको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिकास्तरीय छाया सरकार गठन गरेको काँग्रेस रुकुमले जानकारी दिएको छ ।
जनप्रतिनिधिहरूले जनताको इच्छा, आवश्यकताभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्ने ढंगले काम गरिरहेकाले यसलाई रोक्न छाया सरकार गठन गरिएको काँग्रेस रुकुमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए ।
जनप्रतिनिधिको नाममा भइरहेका विकृतिलाई रोक्न छायाँ सरकार गठन गरिएको उनको भनाइ छ । जिल्लाका सबै स्थानीय तह र जिल्लामा पनि छाया सरकार गठन गर्ने काँग्रेसको तयारी छ ।रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा