सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
उत्तर कोरीयाका तानाशाह किम जोगं उन ले अब उत्तर कोरीयालाई कुनै पनि परमाणु मिसाइल परिक्षण गर्न जरुरी नभएको घोषणा गरेका छन् ।
न्युज एजेन्सि ‘योन्हप’ का अनुसार २१ अप्रिलदेखी उत्तर कोरीया परमाणु मिसाइल र ब्यालेस्टिक मिसाइललाई पुरै रोक्ने जनाएको छ । खबर अनुसार उत्तर कोरीयाको सत्तारुढ वर्कर्स पार्टीको बैठकद्धारा उक्त निर्णय लिइएको बताइएको हो ।
उत्तर कोरीयाले केही बर्षदेखी नै लगातार परमाणु मिसाइलको परिक्षण गरीरहेको छ । यही कारण प्राय सबै देशले उसले गरेको परमाणु मिसाइल परिक्षणको सर्वत्र विरोध पनि गरेका थिए । यती मात्र होइन कि यही परमाणु हतियार कार्यक्रम चलाएको कारण उत्तर कोरीया माथि संयुक्त राष्ट्रसंघले अन्तराष्ट्रिय प्रतिबन्ध पनि लगाइराखेको छ ।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रपले पनि उत्तर कोरीयाको यो कदमलाई स्वागत गरेका छन् । ट्रपले यो निर्णयको तारिफ गर्दे भनेका छन् “यो उत्तर कोरीया र विश्वको लागी धेरै शुभ समाचार हो , हामीहरुलाई ठुलो सफलता मिलेको छ अब आउने समिटमा मिल्ने दिनलाई पर्खिरहेको छु” ।
जानकारीको लागी उत्तर कोरीयाले २०१७ मा मात्र ६ पटक परमाणु परिक्षण गरेको थियो । जसलाई लिएर अमेरीका सहित कैयौ देश दुखी भएको थियो भने केही देशले यसलाई विरोध पनि गरे । जसलाई लिएर संयुक्त राष्ट्रसंघले अन्तराष्ट्रिय प्रतिबन्ध लगाएको थियो ।
उत्तर कोरीया पछिल्लो केही समयदेखी बदलिएको छ । उसले आफनो छिमेकी देश दक्षिण कोरीयासँग पनि राम्रो सम्बन्ध निर्माणको लागी पहल गरीरहेको छ। दुबै देश बिच केही दिन अघि देखी हटलाइन सेवा पनि शरु भएको छ ।
यही विश्वमा सम्बन्ध सुधारको लागी कीम जोंग उन ६ बर्षपछि देश वाहिर निस्केर चीन समेत पुगेका थिए । जहाँ उनले उच्चस्तरीय राजनितिक भेटघाट तथा चीनीय राष्ट्रपति सिं जिन पिङसँग राजकिय भोजन पनि गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा