सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फेसबुक संस्थापक तथा सीईओ मार्क जुकरबर्गलाई ठुलो झट्का लागेको छ । जुकरबर्गको कम्पनिले एक दिनमा ६.०६ बिलियन डलर यानी करीब ६२९ अरब रुपैया डुबाएको छ । अमेरीकी शेयर बजारमा लिष्ट कम्पनिको शेयर आदि मुल्यमा गिरावट आएको छ जसको कारण यो नोक्सानी भएको हो । फेसबुकको करौडौ युजर्सका डाटा लीक भएको खबर अगाडि आएको थियो । जसको कारण फेसबुकको शेयर मुल्यमा ३५ अरब डलरको गीरावट देखिएको हो ।
तरपनि विश्वको चौथो धनि ब्यक्ति
सहयोगी संगठनको साथै फेसबुकको ४०३ मिलियन भन्दा बढिको शेयर जुकरबर्गसँग छ । जसको मुल्य ६८.५ बिलियन हो । यही कारण हो की ३५ अरब डलरको ठुलो नोक्सानी पछि पनि जेफ बेजोस, बिल गेट्स, ववारेन बफेट पछि मार्क जुकरबर्ग विश्वको धनि ब्यक्तिको चौथो स्थानमै छन् ।
डाटा लिक घट्ना
रिपोर्ट अनुसार फेसबुकले अमेरीकी राष्ट्रपति चुनावको समय डोनाल्ड ट्रपलाई मद्यत गर्ने एउटा फर्म क्याम्ब्रिज एनालिटिका लाई ५ करोड भन्दा बढि फेसबुक युजर्सको डाटा बेचेको थियो । उक्त डाटालाई प्रयो गर्दे गलत तरिकाले अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रंपलाई चुनाव जित्न मद्यत गरेको थियो । खबर फैलदा अमेरीकी र युरोपीय संसदले फेसबुकसँग डाटा लिक घटनाको बारेमा जवाफ मागेकोे छ । साथै क्याम्ब्रिज एनालिटिकाले राष्ट्रपति डोनाल्ड ट्रंप जितको लागी कसरी सहयोग गरेको थियो सो को जानकारी पनि माग गरेको छ ।
अझ कडा हुन सक्छ नियम कानुन
डाटा लीक घटना भन्दा पहिले नै फेसबुकले यो जानकारी दिएको थियो कि २०१६ मा अमेरीकी राष्ट्रपति चुनाव भन्दा पहिला उसको प्लेटफर्मको प्रयोग रुसी नागरीकहरुले प्रचार–प्रसारको लागी कसरी गरेको थियो । यद्यपी, यसलाई लिएर जुकरबर्गसँग जवाफ भने माग गरीएको थिएन् । तर डाटा लीक घटनाबाट नेटवकिंग साइट्सको लागी कडा नियमको दबाब पनि बन्न सक्दछ । देशको प्राइवेसी वाच डगलाई धेरै बलियो बनााउनु पर्नेमा ब्रिटेनको एक सांसदले माग पनि गरेका छन् ।
के हो क्याम्ब्रिज एनालिटिका
क्याम्ब्रिज एनालिटिका डाटा माइनिंग र डाटा एनालाइज गर्ने एक प्राइभेट कम्पनि हो । जुन डाटा माइनिंग र एनालाइसिसको आधारमा राजनीतिक पार्टिलाई राजनितिक रणनीति बनाउनलाई मद्यत गर्दछ ।
यो त्यही कम्पनि हो जसको मद्यतको आधारमा राहुल गान्धि गुजरातमा मोदीलाई हराउन चाहन्थे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा