सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भियतनामको एयरलाइन्स VietJet आफनो नाम भन्दा बढि बिकिनी एयरलाइन को नामबाट चिनिन्छ । यो एयरलाइन्स सेक्सिएस्ट मार्केटिङ को नामबाट पनि विश्वभर प्रचलीत छ । यसलाई उमन ईन्टरप्रेन्योर Nguyen Thi Phuong Thao ले चलाउछिन् ।
यो एयरलाइन्सले चाडै नै भारतमा पनि आफनो सेवा सञ्चालनमा ल्याउने भएको छ । एयरलाइन्सका अनुसार उनीहरुको फ्लाइट्स नयाँ दिल्लिबाट भियतनामको Chi Minh City सम्म शुरु हुनेछ । उक्त सेवा यो बर्ष जुलाई देखी अगस्टको बिचमा शुरु हुनेछ भने फ्लाइट्स नयाँ दिल्लिबाट हप्तामा ४ दिन उडान भर्नेछ ।
कसले रोज्यो एयरलाइन्सको ड्रेस कोड
एयरलाइन्सको एयरहोस्टेसको ड्रेस कोड CEO ‘Nguyen Thi Phuong Thao’ ले रोज्योका हुन् । उनी भियतनामकी बिलियन एयर महिला हुन् । हालैमात्र यो एयरलाइन्सले फुटबल टिमलाई वेलकममा एयरहोस्टेसलाई Lingerie पहिराउदा चर्चामा आएको थियो ।
विवादित एयरलाइन्स मध्ये एक
यो एयरलाइन्स विश्वको सबैभन्दा बढि विवादित एयरलाइन्स मध्येको एक हो । किनभने केही देश बिकिनी होस्टेसको अवधारणाको विरुद्धमा छन् ।
VietJet भियतनामको पहिलो प्राइभेट एयरलाइन्स
VietJet भियतनामबाट अपरेट हुने पहिलो प्राइभेट एयरलाइन्स हो । २०१७ मा यो कम्पनिले १.७ करोड यात्रुहरुलाई यात्रा गराएको थियो । जसबाट एयरलाइन्सलाई कुल ९८६ मिलियन डलर अर्थात करिब १०३ अरब रुपैया फाइदा भएको थियो। जुन २०१६ भन्दा ४१.८ प्रतिशत बढि हो ।
६० रुटमा उडान भर्दे
ताजा डाटा अनुसार VietJet को विमान अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी करिब ६० रुटमा अपरेट गरिरहेको छ । २०२३ सम्म कम्पनिको लक्ष्य २०० एयरक्राप्ट आफनोमा समावेश गराउने छ । एयरलाइन्सले आफनो पहिलो कमर्शियल फ्लाइट डिसेम्बर २०११ देखी शुरु गरेको थियो । तर आफनो विकिनी कन्सेप्ट र एयर होस्टेजको ड्रेस कोडको कारण कम समयमा धेरै उपलब्धि हासिल गर्यो र देशको दोस्रो ठुलो एयरलाइन्स बन्यो ।
सोशल मिडियामा भएको थियो विरोध
बर्षको शुरुवातमा VietJet को मार्केटिङ देखेर सोशल मिडियामा कडा विरोध गरीएको थियो । एयरलाइन्सले फुटबल टीमलाई वेलकमको लागी एयरहोस्टेसलाई स्वीमिंङ कस्ट्युममा उतारेको थियो यद्यपी एयरलाइन्सले एयर होस्टेसलाई विकिनी लगाइदिएर शुरुवात मै चर्चा बटुलेको थियो । तर, धेरै समय सोशल मिडिया प्लेटफर्ममा उसको यस किसिमको पहिरनलाई गलत भनिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा