सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । रुसको राष्ट्रपति निर्वाचनमा भ्लादिमिर पुटिन धेरै मतअन्तरले विजयी भएका छन् । अब उनी आउँदो ६ वर्षसम्म रुसको राष्ट्रपति रहने छन् । आइतबार रुसमा राष्ट्रपति निर्वाचन भएको थियो । विपक्षीलाई ठूलो मतान्तरले पछि पार्दै पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएको बीबीसीले लेखेको छ ।
अधिकांश मत गणना भइसक्दा पुटिनले ७६ प्रतिशत मत पाएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । पुटिनले सन् १९९९ देखि नै रुसको सत्ता सम्हाल्दै आएका छन् । प्रारम्भिक नतिजाले जित सुनिश्चित भएलगत्तै मस्कोमा निकालिएको विजयी र्यालीलाई सम्वोधन गर्दै पुटिनले आफ्नो अघिल्लो कार्यकाललाई मतदाताले सही मूल्यांकन गरेको बताए ।
राष्ट्रपति चुनावमा सातजना उम्मेदवार थिए तर पुटिनसँग निकट प्रतिस्पर्धामा पावेल ग्रुदिनिन थिए । उनले १२ प्रतिशत मात्रै मत पाएका छन् । यसैगरी केसेनिया सोब्चाक, भ्लादिमिर झिरिनावस्कीले क्रमशः २ र ६ प्रतिशत मत मात्रै पाएका छन् ।
प्रारम्भिक नतिजाले जित सुनिश्चित भएलगत्तै मस्कोमा निकालिएको विजयी र्यालीलाई सम्वोधन गर्दै पुटिनले आफ्नो अघिल्लो कार्यकाललाई मतदाताले सही मूल्यांकन गरेको बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा