सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, चैत्र ३ । जिम्बावेमा भइरहेको आईसीसी विश्वकप छनोटको प्लेअफ खेलको सातौ स्थानको लागि भएको खेलमा नेपाल ४५ रनले पराजीत भएको छ ।
क्वे क्वे मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्डले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाउदै १८९ रन बनाएको थियो ।
१९० रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले खासै जम्न नसक्दा दुबै ओपनर ब्याट्सम्यानहरु दोहोर अंक बनाउन नसकि ज्ञानेन्द्र मल्ल ४ र अनिल साह ८ रनमा मै आउट भए ।
यस अघिका खेलहरुमा राम्रो ब्याटिङ गरेका कप्तान पारस खडकाले पनि आज खासै राम्रो प्रदर्शन गर्न सकेनन । उनी २२ रन बनाएर आउट भए । नेपालका आरिफ सेख ५ रन र दिपेन्द्रसिंह ऐरी २५ रनमा आउट भए ।
रोहित पौडेल र शक्ति गौचनले कुनै पनि रन बनाउन सकेनन् ।
करण केसी १३ रनमा आउट भए भने आज बलिङमा ४ विकेट लिएका सोमपाल कामी सर्वाधिक ३६ रनमा आउट भए । ललित राजवंशी २ रनमा आउट हुँदा सन्दीप लामिछाने १४ रनमा नटआउट रहे ।
नेपालका लागी सोमपाल कामी एक्लैले ४ रन लिए । यो सँगै उनी लिस्ट ए प्रतियोगितामा ५० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । आजको खेलमा ४ विकेट लिएसँगै सोमपालले ५४ विकेट लिएका छन् । सन्दिप लामिछाने र ललित राजबंशीले २/२ विकेट लिए भने शक्ति गौचनले पनि एक विकेट लिए।
नेदरल्याण्ड्सको लागि बस दे लेदेले सर्वाधिक ३९ रन बनाए ।
जिम्बाब्वेमा जारी विश्वकप छनोट प्रतियोगिताअन्र्तगत ७ औं स्थानको लागि हुने प्लेअफ खेलमा नेदरल्यान्ड्सलाई हराउदै नेपाल जिम्बाब्वे भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ। बिहीबार भएको प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।
एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म ४ पटक भिड्दा दुवै टोलीले समान २र२ खेल जितेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा