सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र १ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका नवनिर्वा्चित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् ।
नेकपा (एमोल)का नेता तिमिल्सिनालाई संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको राष्ट्रियसभाको बैठकले अध्यक्षमा निर्वा्चित गरेको थियो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक र सुरक्षा निकायका प्रमुख तथा उच्चपदस्थ कर्मचारीलगायत उपस्थित थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा