भर्खरै

घाइतेको अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा, छानविन गर्न तत्काल आयोग गठन हुन्छ: प्रधानमन्त्री


 March 12, 2018     सेतो खबर

काठमाडौं, फागुन २८ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले युएस बंगलाको विमान दुर्घटनाका सम्बन्धमा सरकारले तत्काल छानविन आयोग गठन गर्ने जानकारी दिनुभएको छ ।
दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घटनाको अवस्था बुझ्न पुग्नुभएका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग सरकारले उद्धार र अन्य कामका लागि गर्नुपर्ने सबै प्रबन्ध गर्ने बताउँदै घटनाको छानविनका लागि तत्काल आयोग गठन हुने जानकारी दिनुभयो ।
उहाँले दुर्घटनामा घाइतेको उपचारको सबै प्रबन्ध नेपाल सरकारले गर्ने पनि बताउनुभयो । घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मृतक परिवारप्रति समवेदना व्यक्त गर्नुभयो ।
उद्धारमा तदारुकताका साथ खटिएका नेपाली सेनालगायत कर्मचारीको प्रशंसा गर्दै उहाँले घटनाबारे जानकारी दिन बंगलादेशका प्रधानमन्त्रीलाई सम्पर्क गर्न खोजेको तर, उहाँ मुलुक बाहिर रहेकाले सम्पर्क हुन नसकेको पनि बताउनुभयो ।-रासस

LIC


थप अंक तालिकाहरु हेर्नुहोस>>

Ime Inside