सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तेहरान, फागुन ६ । इरानको जाग्रोस पहाडी क्षेत्रमा आइतबार भएको यात्रुबहाक विमान दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ।
असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्सका सार्वजनिक सम्वन्ध निर्देशक मोहम्मद ताबाताबाइले जानकारी दिए।
जाग्रोस पहाडी क्षेत्रमा रहेको डेना पहाडमा विमान दुर्घटना भएको हो। घटनास्थल यासुज देखि २३ किलोमिटर र राजधानी देखि ५०० किलोमिटर टाढा पर्दछ।
“घटनास्थलमा खोजी गरिसकेपछि दुर्भाग्यबश हामीले कसैलाई पनि जिवित पाउन सकेनौं, हाम्रा सवै प्रियजनहरुको निधन भएको छ,” ताबाताबाइले भने।
विमानमा एउटा बच्चा सहित ६० जना यात्रु थिए भने चालक दलका ६ जना रहेका अधिकारीहरुले जनाएका छन्। इरानको राष्ट्रिय आपत्कालिन सेवाले दुर्घटनामा परेकाको उद्धारकालागि घटनास्थलमा हेलिकोप्टर नै पठाएको थियो।
“घटनास्थल पहाडी क्षेत्र भएकाले त्यहाँ एम्बुलेन्स पठाउने अवस्था छैन,” आपत्कालिन सेवाका प्रवक्ता मोज्ताबा खालेदीले भने। (रासस/एएफपी)
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा