सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ ९ । नेकपा एमालेले तीनवटा प्रदेशबाट राष्ट्रिय सभाका लागि १३ जना उम्मेदवारको टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सभाका लागि ।प्रदेश नम्बर ७, ६ र ५ बाट उठाउने उम्मेदवारको टुंगो लगाएको हो ।
राष्ट्रिय सभाको ५७ मध्ये ४३ सिटमा वाम गठबन्धनले उम्मेद्वारी दिने जनाएको छ। जसमध्ये एमालेको भागमा २९ र माओवादी केन्द्रको भागमा १४ सिट परेको छ। एमालेले अब १६ उम्मेद्वारको टुङ्गो गर्न बाँकी छ।
प्रदेश नं ७
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा
प्रदेश नं ६
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम
प्रदेश नं ५
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा