सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ ८। निर्वाचनका बेला बम विस्फोटनमा घाइते भइ उपचार खर्च तिर्न नसकेका आमा छोरालाई एकजना पूर्व संसद जमानी बसेर अस्पतालबाट निकालेका छन्। रौतहटको चन्द्रनिगाहपुरमा भएको बम बिष्फोटमा घाइते आमाछोरालाई पूर्वसंसद रामकुमार भट्टराई जमानी बसेर आइतवार चितवनस्थित मेडिकल कलेजबाट निकालेका हुन्।यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
घाइतेहरु आमा सरिता राई र छोरा जैविक आइतवार दिउँसो चितवनबाट घर फर्किएका छन्। सरिताको एउटा खुट्टा काटीएको छ भने छोरा जैभिकको दुवै खुट्टामा गम्भीर चोट रहेको छ ।उनीहरु दुवैजना अस्पताल बस्नु नपर्ने भएपछि एकसाता अघि नै डिस्चार्ज हुन अस्पतालले भनेको थियो। तर पैसा नहुँदा उनीहरु अस्पतालमै बस्न बाध्य थिए।
सरिताको उपचार खर्च ६ लाख २५ हजार र छोरा जैभिकको उपचार खर्च ४ लाख २९ हजार लागेको छ। दुई महिनासम्म अस्पताल बस्दा खाना खाएको ५२ हजार दुई सय रुपैयाँ पूर्वसांसद भट्टराईले तिरिदिएका छन।
यस्तै अन्य घाइते कुन्तामाया खत्रीको सात हजार ६ सय र लक्ष्मी राईको ८ हजार समेत चितवन मेडिकल कलेजलाइ तिर्न बाँकी छ। विस्फोटनमा घाइते भइ पुरानो चितवन मेडिकल कलेजमा उपचार गराएका अन्य घाइतेको उपचार खर्च करिब दुइ लाख रुपैयाँ समेत तिर्न बाँकी छ।
‘घाइतेलाई उकास्दा अस्पतालमा जमानी बसेको छु,’ भट्टराईले भने, ‘सरकारले कहिले दिन्छ थाहा छैन।’
‘आफ्नो खुट्टा गुम्यो, छोराको खुट्टामा ठुलो चोट लागेको छ। अब कसरी कमाएर वालबच्चा र आफू खाने भन्ने चिन्ताले पिरोलेको छ’, सरीताले भनिन्।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअघि गत मंसिर २ गते रौतहतको चन्द्रपुर–५ मा वाम गठबन्धनको वडा भेलामा बम विस्फोट हुदा सरिता र उनका ७ बर्षिय छोरा जैविकसहित १२ जना सर्वसाधरण घाइते भएका थिए।
गृह मन्त्रालयमा उपचार खर्चका लागि सवै कागजपत्र पेश गरिए पनि ढिलासुस्तीका कारण रकम निकासा हुन नसकेको पूर्वसांसद भट्टराईले बताए।
‘घाइतेहरुलाई जमानी बसेर अस्पतालबाट निकालिएको छ, उपचार खर्चको पहल गर्न काठमाडौँ आएको छु’, उनले टेलिफोनमा भने। मजदुरी गरेर परिवार पाल्दै आएकी राईले छोराछोरी पढाउन सरकारको आश गरेकी छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा