सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ ७ । आमिर खानको नयाँ फिल्म ‘सिक्रेट सुपरस्टार’ शुक्रबार चिनमा रिलिज भएको छ । फिल्मले भारतीय बक्स अफिसमा दुई दिनमा ८३ करोडको कारोबार गरेको थियो भने चाइनिज बक्सअफिसमा दुई दिनमा १०८.६४ करोडको कमाई गरेको छ ।
ट्रेड एक्सपर्ट तरण अदरस का अनुसार फिल्मले पहिलो दिन ४३.३५ करोडको सानदार कलेक्शन गरेको थियो । ‘सिक्रेट सुपरस्टार’ यो कलेक्शनसँगै चीनको बक्स अफिसमा पनि अब्बल नम्बर एक हुन सफल भएको छ । आमिर खानको सीक्रेट सुपरस्टारको कमाई आमिर कै दंगल भन्दा कैयौ गुणा बढि छ । आमिर खान चीनमा बलिउडका एक लोकप्रिय अनुहार बनेका छन् । केही पहिला मात्रै आमिर खानले भनेका थिए “चिनिया तथा भारतीय प्रतिभालाई एउटै फिल्ममा काम गरेको हेर्न पाउनु एउटा मज्जाको अनुभव हुनेछ ” ।
‘सीक्रेट सुपरस्टार’ १९ अक्टोबर २०१७ मा भारतमा रिलिज भएको थियो ।
आमिर खानको फिल्म खासगरी चीनमा एक पछि अर्को गर्दे सफलता हासिल गरीरहेको छ । सीक्रेट सुपरस्टार जी स्टुडियोज, आकाश चावला तथा आमिर खानको बैनरमा आमिर खान तथा औ किरण रावद्धारा निर्माण गरीएको हो । यो फिल्ममा दंगलमा अभिनित काश्मीरकी जायरा वसीम प्रमुख भुमिकामा देखा परेकी छिन् । उनले यो फिल्ममा इंसिया नामकी युवतीको भुमिका निर्वाह गरेकी छिन जसमा उनको सपना गायीका बन्ने हुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा