सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, पुस २८ । चार महिनादेखि विनाविभागीय मन्त्री रहेका नेकपा (माओवादी केन्द्र) का मन्त्रीले आज एकमुष्ट राजीनामा दिएका छन्। विना विभागीय मन्त्री भएको ३ महिनापछि माओवादीले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको हो । माओवादीका तर्फबाट मन्त्रीहरु फिर्ता भएको पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ।
यसअघि बिहिबार माओवादीले सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
देउवा नेतृत्वको सरकारमा गएको मााओवादीले २०७४ असोज १७ गते एमालेसँग मिलेर बाम गठबन्धन बनाएको थियो । सोही निर्णयअनुसार प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेपछि प्रधानमन्त्री देउवाले ३१ असोजमा नौ मन्त्री र सात राज्यमन्त्रीको जिम्मेवारी खोसेर विनाविभागीय बनाइदिएका थिए ।
माओवादी मन्त्रिहरुले बिहीबार नै राजीनामा बुझाउने कार्यक्रम रहेपनि बिदाका कारण आज राजिनामा दिएका हुन् ।
देउवा सरकारमा माओवादी केन्द्रका नौ मन्त्री, सात राज्यमन्त्रीसहित १६ जना मन्त्री छन्। उपप्रधानमन्त्री तथा विनाविभागीय मन्त्री महरा, मन्त्रीहरु गिरिराजमणि पोखरेल,जनार्दन शर्मा, प्रभु शाह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला, सन्तकुमार थारु छन ।
त्यस्तै राज्यमन्त्रीहरुमा मोहम्मद जाकिर हुसेन, रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर, वाङदी शेर्पा रहेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा