सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
‘दबंग द टुर’ अन्तर्गत आउँदो फागुन २६ गते बलिउड सुपरस्टार सलमान खान नेपाल आउँदैछन् । हालैमा आफू अभिनीत बल्कबस्टर फिल्म ‘टाइगर जिन्दा हे’को सफलताको खुसी साट्ने क्रममा ‘बलिउड भास्कर’सँग कुराकानी गर्दै उनले आफू नेपाल आउन लागेको जानकारी दिएका छन् । आयोजक संस्थाले पटक-पटक सलमान नेपाल आउने जानकारी दिएपनि उनले भने अहिलेसम्म यस विषयमा मुख खोलेका थिएनन् ।
सलमानसँगै फागुन २६ गते शनिवार टुँडिखेलमा हुने ‘दबंग द टुर नेपाल’मा बलिउड नायिका सोनाक्षी सिन्हा, अभिनेता, निर्देशक तथा कोरियोग्राफर प्रभु देवा, ज्याकलिन फर्नान्डिज, डेजी शाह, कृति सेनोन, मित ब्रदर्श, अभिनेता तथा उद्घोषक मनिष पलपनि सहभागी हुनेछन् । कार्यक्रमको सञ्चालन मनिषले गर्नेछन् । सलमान झन्डै २३ वर्षपछि नेपाल आउन लागेका हुन् ।
भिडियो :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा