सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस २७ । सर्वोच्च अदालतको साधारण तारेखमा रिहा भएका डा. गोविन्द केसीले अनसनलाई निरन्तरता दिने भएका छन् । अदालतबाट रिहा भई डा. केसीले त्रिवि शिक्षण अस्पताल पुगेर आफ्नो पूर्ववत अनसनलाई जारी राखेका छन् ।
अदालतको छानबिनमा परेका प्रधान न्यायाधीश गोपाल पराजुलीको राजीनामा, तत्काल चिकित्सा शिक्षा आयोग गठनसहितका अन्य पाँच बुँदे माग पूरा नहुँदासम्म अनसन जारी राख्ने बताएका छन् ।
डा. केसीले आज बिहान आफ्ना निकटस्थसँग छलफल गरेका थिए । “नयाँ परिस्थितिपछि अनसन स्थगित गर्ने कि भन्ने विषयमा छलफल थियो तर राजीनामासहितका अन्य माग पूरा नहुँदासम्मका लागि अनसन जारी राख्ने बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा