सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पुस २ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई छिट्टै गरिवीमुक्त राष्ट्र बनाउने घोषणा गर्नुभएको छ । उहाँले उत्पादनशील क्षेत्रमा लगानी बढाएर मुलुकबाट छिट्टै गरिवी हटाउने बताउनुभयो ।
आइतबार बालकोटमा नेपाल उद्योग परिसंघको नेतृत्वसँग छलफल गर्दै एमाले अध्यक्ष ओलीले मुलुकबाट गरिवी हटाउन आफूले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन उच्च प्राथमिकता दिने योजना अघि सार्नुभयो । उहाँले लगानी वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउने बाटोमा नेपाल अव अघि बढने पनि स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले निर्यात व्यापार प्रवद्र्धन, रोजगारीको अवसर थप सृजना गर्न र मुलुकबाट गरिवी हटाउन लगानी बढाउन जोड दिने पनि उल्लेख गर्नु भयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा