सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ३० । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७४ पैसा र विक्रिदर २७ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५८ पैसा र विक्रिदर २८ रुपैयाँ ७४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३३ पैसा र विक्रिदर २८ रुपैयाँ ४९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ९२ पैसा र विक्रिदर २५ रुपैयाँ ०७ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४३ पैसा र विक्रिदर ९ रुपैयाँ ४८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ २९ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ २७ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७५ रुपैयाँ ८० पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ३९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा