सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कार्तिक २१। सलमान खानको फिल्म टाइगर जिन्दा है को ट्रेलर रिलिज भएको छ । कविर खानले निर्देशन गरेको २०१२ मा रिलिज भएको ‘एक था टाइगर’ को सिक्वेलका रुपमा यो फिल्मलाई निर्माण गरिएको हो ।
ट्रेलरमा सलमाललाई टाइगर भारतीय जासुसी एजेन्सी ‘रअ’ र कैटरिनालाई पुन जोया पाकिस्तानी एजेन्टको रुपमा प्रस्तुत गरिएको छ । ।
जटिल तथा खतरनाक मिसनको जिम्मेवारी दिइने टाइगरलाई यस फिल्ममा पनि खतरनाक आईएसका कमाण्डर अबू उस्मानले २५ भारतीय नर्सहरुलाई कब्जामा लिइएकोलाई छुटाएर ल्याउनु पर्ने मिसन दिइएको देखाइएको छ । मिसनमा जोयाले टाइगरलाई सहयोग गरेको देखिन्छ । उक्त मिसनमा टाइगर र जोयाले भरपुर एक्सन गरेको देखाइएको छ ।
फिल्म २२ डिसेम्बरमा रिलिज हुनेछ । फिल्मलाई अव्वास जाफरले निर्देशन गरेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा