सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त छ। संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा लोकसेवा आयोगकाे भर्ना प्रक्रिामा रहेका बाहेक २३ हजार १ सय ७५ जनाको दरबन्दी खाली रहेको हो।
संघीय मामिला तथा सामाय प्रशासन मन्त्रालयका अनुसार संघमा ८ हजार ४ सय ४६, प्रदेशमा ८ हजार ४ सय ३६ र ७ सय ५३ स्थानीय तहका लागि १५ हजार ४ सय ५१ दरबन्दी खाली छ। ४ देखि १० तहसम्मका कर्मचारी रिक्त रहेको मन्त्रायले जनाएको छ। त्यसमध्ये ९ हजार १ सय ६१ कर्मचारी भर्न प्रक्रियामै छन् भन्ने खबर कान्तिपुर दैनिकमले जनाएको छ।
गत चैतमै सरकारले संघमा ३९ हजार ९ सय ६०, प्रदेशमा १३ हजार ८ सय २१ र स्थानीय तहमा ५१ हजार ४ सय ५७ कर्मचारी समायोजन गरेको थियो। मन्त्रालयका अनुसार तीनै तहमा रिक्त कर्मचारीको संख्या कुल दरबन्दीको करिब १७ प्रतिशत हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा