सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । शुक्रबार सहयोगी नगर सामुदायिक समाजले काठमाडौंमा गरेको कार्यक्रममालाई सम्बोधन गर्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफु र पार्टी अध्यक्षबीच भएको भनाभनको विषयलाई कार्यकर्ताहरुले गम्भीर रुपले नलिन आग्रह गरेका छन् ।
उनले कार्यकर्ताहरुले त्यसबारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विषयलाई सामान्य रुपमा लिन आग्रह गरेका छन् ।
नेता नेपालले विषयवस्तुमाथिको बुझाईमा एकरुपता ल्याउन पार्टीभित्र वादविवाद भइरहने भन्दै त्यसलाई श्रीमान–श्रीमतीको घर झगडाको रुपमा बुझ्न आग्रह गरे ।
उनले झगडा भयो भन्दैमा वैवाहिक जीवनलाई निरास पार्नुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्ने भन्दै राजनीतिमा पनि भागेर नभई समस्यासँग जुध्दै र सामाना गर्दे अघि बढ्नुपर्ने आवश्यकता रहेको जनाएको छ ।
सोहि क्रममा नेता नेपालले भने, ‘नेताहरुबीच भनाभन भएछ भनेर पूर्व वक्ता साथीले चिन्ता व्यक्त गर्नुभयो यो बाट अत्तिनु केही पनि पर्दैन । यो घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने रु त्यही हो । विहे गर्नु नै वेकार रहेछ । छोराछोरी जन्माउनु नै वेकार रहेछ भन्नु रु यो जीवनको यथार्थ हो । पछाडि हट्नु हुँदैन । आएका समस्यालाई कसरी समाधान गर्ने रु समस्या त आउँछन् । नआओस् भन्ने हो भने पर जंगलमा गएर एक्लै तपस्या गरेर बसे हुन्छ । सामाजिक जीवनमा प्रवेश गर्ने हो भने अनेकौ समस्याहरु आउँछन् । बाधा अवरोधहरु आउँन्छन् । ती समस्याहरुको सामना गर्ने आँँट हुनुपर्छ । सामथ्र्य पनि हुनुपर्छ । यदि तपाईमा सामथ्र्य छैन भने तपाई केही पनि गर्न सक्नुहुन्न् ।’
उनले पारिवारिक, राजनीतिक लगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्यता गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा