सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अछाम । अछामको बान्नीगढि जयगढ गाउँपालिकामा बुधबार साँझ भएको जीप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । से १ ज ९९५ नम्बरको जीप मुजाबगर भन्ने ठाउँमा जयगढ तर्फ आइरहेको थियो । सोही क्रममा सुकिबाग डिल्लिबजार नजिकै जीप दुर्घटनाग्रस्त हुदा १ जनाको अगाडी र २ जनाको उपचारको क्रममा बयालपाटा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी घटनास्थल मै ज्यान जानेमा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनका अशोक दमाई रहेका छन भने उपचारको क्रममा ज्यान जानेको सोही गाउँपालिकाको वडा नम्बर ४ का कालू सिंह आउजी र बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ का लाल बहादुर बोहरा रहेका छन । घटनास्थल र उपचारको क्रममा ज्यान गएका बाहेक दुर्घटनामा ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बांकी घाईते हुनेमा तर्क तिमिल्सिना, घनश्याम चौधरी, जङिर चौधरी रहेका छन । उनीहरुको सांफेबगर नगरपालिका स्थित बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा