सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले बुधबार काठमाडौंमा भएको सार्वजनिक निजी उत्पादक साझेदारी मोडेलमा बधशाला निर्माणसम्बन्धी कार्यक्रममा स्वास्थ परीक्षण नगरीकन कुनै पनि हालतमा खसी बोका नेपाल ल्याउन नदिने बताए ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले भने, ‘संसारभरिका रोग हुल्ने गरी स्वास्थ्य परीक्षण नगरिकन खसी बोका नेपाल ल्याउन दिँदैनौँ ।’
मन्त्री खनालले नेपाल विश्व स्वास्थ संगठनको राष्ट्र भएकोले खसी बोका आयातमा प्रतिबन्ध नलगाएको भन्दै स्वस्थ र निरोगी खसीबोका मात्र ल्याउन दिने जनाएका छन् ।
उनको भनाइ अनुसार निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यावसायीले घेराबन्दी गर्न खोजेको थियो । मन्त्री खनालले भने, ‘दशैँमा त देख्लास् भनेका छन्, मैले केही फरक पर्दैन, केही कम खाइएला नभए कुखुरामा हामी आत्मनिर्भर छौँ, त्यसैमा जोड गर्नु पर्ला भनेको छु’,।
उनले आफ्नो उत्पादन प्रयाप्त भए आयात गर्न नपर्ने भएकोले आफैँ उत्पादनमा जोड दिएर स्वस्थकर खान सकिने बताएका थिए ।
यसैक्रममा, विराटनगर, बुटवल, पोखरा, भरतपुर र कोहलपुरमा ५ ओटा आधुनिक वधशाला निर्माण गर्ने गरी हेफर नेपालले सहमति पत्रमा हस्ताक्षर गरेको छ ।
यसैगरी हेफरले भौतिक संरचना निर्माणका लागि पालिका र प्रदेश सरकारबाट ३२ करोड रुपैयाँ र खसी बाख्रा उत्पादक महिला किसान र मासु व्यवसायीको तर्फबाट २२ करोड रुपैयाँभन्दा बढीको सेयर लगानीको प्रतिबद्धता आएको जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा