सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली सेनाले २५० जना अधिकृत क्याडेटको दरखास्त माग गरेको छ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त रहेको पदका लागि २५० जनाको माग गरेको हो।
विभागको माग अनुसार १३१ जना खुला पदका लागि दरखास्त मागएिको हो भने ७ जना सैनिक परिवारका छोराछोरीका लागि कोटा छुट्याइएको छ। त्यस्तै २२ जना महिला, ३६ आदिवासी जनजारी, ३१ मधेशी, १७ दलित र ६ पिछडिएको क्षेत्र गरी २५० जनाको माग गरेको हो।
दरखास्त दिने मिति भदौ ४ गतेदेखि असोज २ गते सम्म दिन सकिने निर्देशनालयले जनाएको छ। दोब्बर दस्तुर तिरेर भने असोज ९ गतेसम्म दिन सकिने छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा