सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सिंहदरबार स्थित राष्ट्रिय योजना आयोगमा मृत भेटिएका कर्मचारी बच्चुराम केसीले आत्महत्या गरेको बुझिएको छ ।
मंगलबार बिहान सिंहदरबारमै मृत फेला परेका केसीको साथबाट सुसाइड नोट फेला परेसँगै आत्महत्या गरेको बुझिएको हो ।
सुसाइड नोटमा उनले कसैलाई दोष नलगाइ आफ्नै कारणले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेको बताइएको छ । जहाँ उनले घर खर्च चलाउन नसकेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
उनले नोटमा लेखिएको छ, ‘घरव्यवहार मिलाउन नसकेर यस्तो निर्णय गरेँ, यसमा कसैको दोष छैन । मिडियावाजी नगर्नू र चिन्ता नगर्नू ।’
शव अहिले पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा