सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २७ । गायक युवराज चौलागाईंको नयाँ गीत ‘तिम्रो माया पाउनलाई’ को म्यूजिक भिडियो सार्वजनिक गरेको छ । उनले आफ्नै युट्युब च्यानलमार्फत केही अगाडि सार्वजनिक गरेको उक्त गीतले अहिलेसम्म १ करोड ९७ हजार बढी दर्शकले पाएका छन् ।
गीत प्रेम र बिछोडको कथामा आधारित रहेको छ । गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री आंचल शर्माले अभिनय गरेका छन् ।
गायक चौलागाईंको गीतको भिडियोले दर्शक मात्र होइन् धेरै जसो कमेन्ट पनि सकारात्मक पाइएको छ । उक्त गीतको निर्देशन पल शाहले नै गरेका हुन भने, चन्द्र ज्योती आले मगरको शब्द र राजकुमार बगरले संगीत भरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा