सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २३ । अभिनेत्री निता ढुंगाना र अभिनेता प्रज्वल गिरीको प्रेमकथाको आधारमा बनाइएको फिल्म ‘सोच’ को ‘तिमीले मलाई साहारा’ बोलको गीत सार्वजनिक भएको छ ।
उक्त फिल्मको गीतमा शंकर अधिकारी घायलको शब्द, योगेश काजी, जुनु गौतम र सुनीता थेगिङको स्वर र डिजे एलएक्सले संगीत भरेको छ ।
यस फिल्म पुजन सिंह (प्रभाकर प्रकाश) को निर्देशनमा निर्माण भएको छ भने, नीता र प्रज्वलका अलवा नवनायक पूजन सिंहको पनि मुख्य भुमिका निभाएको छ ।
उक्त फिल्म सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको हो । फिल्मका अन्य कलाकारका रुपमा विशाल हाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसी लगायतको अभिनय देख्न सकिन्छ ।
फिल्मको निार्मता गंगा रजक प्रकाश र एस.डी रहेका छन् भने, विदुर पाण्डेले खिचेका हुन् । फिल्ममा कृष्ण आचार्यको पटकथा, सम्वाद रहेको सोचमा एनबी महर्जनको द्धन्द्ध निर्देशन, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेले सम्पादन गरेका छन् ।
निर्देशक पुजनले आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा भरपुर मनोरञ्जनका लागि समाजोपयोगी सन्देश समेत रहेको दावी गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा