सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, साउन १९ । नेपाली सेनाले विभिन्न पदका लागी दरखास्त आव्हान गरेको छ।
आइतबार नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले खुला प्रतिस्पर्धाबाट पदपूर्ती गर्नु भएकोले ठूलो संख्यामा दरखास्त आव्हान गरेको हो।
सेनाले सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ जना, धोबी र सिकर्मी १/१ जनाको माग छ।त्यस्तै देशभरबाट सैन्य पदका लागि ५ हजार ६ सय ९३ जनाको दरखास्त माग गरहेको हो।
दरखास्त फारम भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाको हकमा नारायणहीटी उत्तर तर्फको गेट (धोवीचौर तर्फ) श्री नेपाल क्याभलरीको खेल मैदान र अन्य भर्ना केन्द्रहरुको हकमा सम्बन्धित भर्ना केन्द्र तथा उप–केन्द्रहरुमा पाइनेछ र नियम संगत भरिएको फारम उल्लेखित स्थानमा नै पेश गर्नुपर्नेछ ।
दरखास्त साउन १९ (आज) देखी भदौ १६ गतेसम्म कार्यालय समय भित्र पेश गर्नुपर्नेछ भने दोब्बर दस्तुर बुझाई अन्तिम मितिबाट ७ दिन भदौ २३ गतेसम्म कार्यालय समयमा बुझाउन सकिने भर्ना छनौटले जनाएको छ ।
सम्बन्धित ट्रेडका पाठ्यक्रमहरु र भर्ना छनौट सम्बन्धी सुचना नेपाली सेनाको वेबसाईट https://nepalarmy.mil.np तथा नेपाली सेनाको मोवाइल एप्लिकेशन Nepali Aarmy बाट पनि हेर्न तथा डाउनलोड गर्न सकिनेछ ।
विज्ञापनको पहिलो पृष्ठ हेर्न यहाँ क्लिक गनुृहोस्
विज्ञापनको दोस्रो पृष्ठ हेर्न यहाँ क्लिक गनुहोस्
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा