सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार २९ । नेपालद्धारा दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा घरेलु टिम मलेसिया ६ रनले पराजित भएको छ । क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।
यसैक्रममा, १ सय ७४ रनको लक्ष्य पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ६७ रन मात्र बनाउए पछि पराजित भएको हो ।
जीतका लागि मलेसियाले १ सय ७४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा शुरुवाती खेल भने राम्रो खेलेको थियो । दुवै ओपनरले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए ।
यसैक्रममा, मलेसियाको लागि सायेद अजिजले ५० रन, विरन्दीप सिंहले २३ रन, अमिनुद्दिन राम्लीले २४ तथा मुहमद स्याहादतले नटआउट रहँदै २१ रनको योगदान दिए ।
सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिए भने अविनास बोहोरा, करण केसी र कप्तान पारस खड्काले १–१ विकेट लिए ।
नेपालको लागि विनोद भण्डारीले अविजित रहँदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै शरद भेषवाकरले ४०, कप्तान पारस खड्काले २३, रोहित कुमार पौडेलले १९, करण केसीले १६ र पवन सर्राफले १० रन बनाए । उनले मात्र २५ बलमा ३ चौका र ५ छक्का हानेका थिए ।
नेपाली टोलीले सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल प्रतियोगिता तयारीको लागि घरेलु टोली मलेसियासँग दुई खेलको टी ट्वान्टी सिरिज खेलेको हो । टी ट्वान्टी सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिङ्गापुर जाने जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा