सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अन्तिममा दक्षिण अफ्रिकाले श्रीलंकालाई हराउदै विश्वकप २०१९ को आफनो दोस्रो जीत दर्ता गरेको छ । चेस्टरको स्ट्रीटमा शुक्रवार खेलीएको यो टुर्नामेन्टको ३५ औँ प्रतिस्पर्धामा श्रीलंकाले टस जितेर दक्षिण अफ्रिकाको अगाडि २०४ रनको लक्ष्य राखेको थियो । जवाफमा दक्षिण अफ्रिकाले ३७.२ ओभरमा नै १ विकेट गुमाउदै लक्ष्य हासिल गर्यो । प्रोटियाजको तर्फबाट हाशिम अमलाले अभिजित ८० र फाफ डू प्लेसिसले ९६ रन बनाए । दुबै बिच दोस्रो विकेटको लागी १७५ रनको साझेदारी भयो । श्रीलंकाको लागी एकमात्र विकेट लसिथ मालिंगाले लिए ।
लक्ष्य पछ्याउदै मैदानमा उत्रेको दक्षिण अफ्रिकी टिमको शुरुवात राम्रो रह्यो, तर ४.५ ओभरमा बलर लसिथ मलिंगाले सलामी ब्याट्सम्यान क्विंटन डिकाक (१५) को रुपमा प्रोटियाज टिमलाई पहिलो झट्का दिए । पहिलो विकेटको लागी डिकाक र अमला बिच ३१ रनको साझेदारी भयो ।
टस हारेर पहिला ब्याटिङमा उत्रेको श्रीलंकाले ४९.३ ओभरमा २०३ रनमा अलआउट भयो । श्रीलंकाको तर्फबाट कुनै पनि ब्याट्सम्यान ५० को आकडा छुन सकेनन् । दक्षिण अफ्रिकाको तर्फबाट ड्वेन प्रिटोरियस र क्रिस मारिसले तिन–तिन विकेट लिए, जबकि कागिसो रबाडाले २ र एंडिले फेलुकवायो डुुमिनीले एक–एक विकेट लिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा