सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अफगानिस्तान र बंगलादेश बिच साउथैप्टन मा खेलिएको विश्वकप २०१९ को ३१ औ प्रतिस्पर्धामा बंग्लादेशका अलराउण्डर शाकिब अल हसनले पहिला ब्याटिङ र फेरी बलिङमा इतिहास रचेका छन् । यो प्रतिस्पर्धामा बंग्लादेशले अफगानिस्तानलाई पराजित गरेको थियो ।
शाकिब अल हसनले यो प्रतिस्पर्धामा ५१ रनको पारी खेले । यही दौरान २३ रन लिएसँगै शाकिब विश्वकप २०१९ मा अहिलेसम्म सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । पारीको ३५ औ रन लिएसँगै उनले आफनो विश्वकप करियरको १००० रन पुरा गरे । शाकिब अल हसन भन्दा पहिला कुनै पनि बंग्लादेशी क्रिकेटर यो स्थान हासिल गर्न सकेका थिएनन् ।
बलर शाकिब अल हसले १० ओभरमा मात्र २९ रन खर्च गर्दे ५ बहुमुल्य विकेट लिए । बंग्लादेशको लागी पहिलो पटक कुनै खेलाडीले विश्वकपको एउटा म्याचमा ५ सफलता हासिल गरेको यो पहिलो हो । शाकिब अल हसनको यो वनडे क्रिकेटमा दोस्रो फाइभ विकेट हो ।
विश्वकपको कुरा गर्ने हो भने यो भन्दा पहिला एक पारीमा ५० रन र ५ विकेट लिएको रेकर्ड युवराज सिंहको नाम थियो । युवराज सिंहले सन २०११ को विश्वकपमा आयरल्याण्ड विरुद्ध अर्धशतक सँगै आफनो करियरको पहिलो पाँच विकेट प्राप्त गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा