सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकप २०१९ मा श्रीलंकन टिम इङ्गल्याण्ड भन्दा धेरै नै कमजोर छ, तर क्रिकेटमा जे पनि हुन सक्छ भन्ने कुरा फेरी एक पटक साँचो सावित भएको छ । इङ्गल्याण्ड विरुद्ध विश्वकप २०१९ को २७ औ म्याचमा श्रीलंकाले टस गर्दे पहिला ब्याटिङ गर्ने निर्णय गर्यो । इङ्गल्याण्ड विरुद्ध श्रीलंकाको शुरुवात कुनै राम्रो रहेन तर पनि यो टिमले अविष्का फर्नाडो (४९), कुशल मेडिस (४६) तथा एंजेलो मैथ्युजको अभिजित ८५ रनको दममा ५० ओभरमा ९ विकेट नोक्सानीमा २३२ रनसम्म मात्र बनायो ।
इङ्गल्याण्ड का ब्याट्सम्यानहरुको अगाडि यो स्कोर जो कोहीलाई पनि कम लागीरहेको थियो । इङ्गल्याण्ड ले पनि शायद पनि सोचेको थिएन होला उसले खेल हार्नेछ तर यस्तो भयो र विश्वकपको सबैभन्दा ठुलो दावेदार टिमलाई श्रीलंकाको हातबाट २० रनले हारको सामना गर्नु पर्यो । श्रीलंकाको यो जीतमा पुरा सहयोग टिमका बलरहरको रह्यो जसले अंग्रेजी ब्याट्सम्यानहरुलाई चल्न समेत दिएनन् । यद्यपी, इङ्गल्याण्ड को तर्फबाट जो रुट र बेन स्टोक्सले अर्धशतकीय पारी खेल्दै टिमलाई जित दिलाउने भरपुर कोशिश गरे तर उनीहरुको कोशिश ब्यर्थ भयो ।
विश्वकपमा यो चौथो पटक हो जसमा इङ्गल्याण्ड को टिम श्रीलंकासँग पराजित हुनु पर्यो । श्रीलंकाले सन २००७ मा पनि इङ्गल्याण्ड लाई हराएको थियो र त्यसपछि २०११, २०१५ र यो विश्वकपमा लगातार चौथो पटक हरायो । पुरै विश्वकप इतिहासको कुरा गर्ने हो भने यो इङ्गल्याण्ड माथि श्रीलंकाको पाँचौ जित हो । श्रीलंकाले जस्तै इङ्गल्याण्ड लाई विश्वकपमा अष्ट्रेलिया, न्युजिल्याण्ड र पाकिस्तानको टिमले पनि पाँच पटक हराइसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा