सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चोटबाट ग्रस्त इङ्गल्याण्ड मंगलबार जब कमजोर प्रतिद्धन्द्धि अफगानिस्तान विरुद्ध प्रतिस्पर्धामा उत्रनेछ उसको लक्ष्य शानदार जित दर्ता गर्दे सेमिफाइनलको दावी मजबुत गर्नेतर्फ हुनेछ । इङ्गल्याण्ड का कप्तान इयोन मोर्गनले आफनो कम्मरमा आएको समस्याका कारण वेस्टइंडिज विरुद्धको प्रतिस्पर्धामा मैदान नै छोड्नु परेको थियो ।
ओपनर जेसन राय पनि मांसपेशीमा आएको समस्याका कारण खेल छोडेर वाहिरिनु परेको थियो । मोर्गन फिट नहुदासम्म उपकप्तान जोस बटलर टिमको कप्तानी सम्हाल्नेछन् । इङ्गल्याण्ड को बेन्च स्ट्रेन्थ धेरै बलियो छ, जसमा टम कुरैन र मोइन अली जस्ता खेलाडी छन् । पाकिस्तानसँगको हारपछि इङ्गल्याण्ड ले तिनै विभागमा आफनो प्रदर्शनमा सुधार गरेको छ ।
अब उ जितको लय कायम राख्ने उदेश्यका साथ मैदानमा उत्रनेछ । दोस्रो तर्फ अफगानिस्तान पहिलो जित दर्ता गर्न पुरै कोशिश लगाउनेछ । दोस्रो पटक विश्वकपमा खेलीरहेको आफनो टिम अहिलेसम्म दक्षिण अफ्रिका, अष्ट्रेलिया, श्रीलंका र न्युजिल्याण्ड सँग पराजित भईसकेको छ ।
युद्धको दुर्गति झेलिसकेको देशका खेलाडीहरुले यद्यपी श्रीलंकालाई कडा टक्कर दिएका थिए । अफगानिस्तानको चिन्ता उसको ब्याटिङमा छ किनभने कुनै पनि म्याचमा उ ४० ओभरसम्म पनि टिक्न सकेको छैन । रशिद खानलाई छोडेर उसको कुनै पनि खेलाडी प्रदर्शनको छाप छोड्न सकेका छैनन् । विकेट यदि स्पिनरहरुको लागी मद्यत योग्य भएमा राशिद र मोहम्मद नबीको भुमिका अहम हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा