सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ३१ । विश्व फुटबलको सर्वोच्व निकाय फिफाको वरियतामा नेपाल अघिल्लो महिनाको वरियतामा भन्दा ४ स्थान तल झरेको शुक्रबार फिफाले सार्वजनिक गरेको छ ।
यो भन्दा अगाडी १ सय ६१औँ स्थानमा रहेको नेपाल नयाँ वरियताअनुसार नेपाल १ सय ६५ औँ स्थानमा रहेको फिफाले जनाएको छ । दक्षिण एशियामा सबैभन्दा अगाडि रहेको भारत १ सय १ स्थानमा यथावत रहेको छ।
थाइल्यान्ड दुई स्थान तल १ सय १६ मा रहँदा अफगानिस्तान १ सय ४९, माल्दिभ्स १ सय ५१ औं स्थानमा यथावत रहेका छन्। नेपालभन्दा पछाडि रहेको बंगलादेशले ५ स्थान सुधार गरेर १ सय ८३, भूटान १ सय ८६, श्रीलंका २ सय १, पाकिस्तान २ सय पाँचौ स्थानमा रहेका छन्।
फिफाको वरियतामा बेल्जियम, फ्रान्स, ब्राजिल र इंग्ल्यान्ड क्रमशः पहिलोदेखि चौथो स्थानमा यथावत रहेको फिफाले जनाएको छ । यसैक्रममा, पोर्चुगलले अघिल्लो वरियताको तुलनामा यसपटक दुई स्थान सुधार गर्दै पाँचौ स्थान हासिल गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा