भर्खरै

रातो मछिन्द्रनाथ जात्राका प्रचलन कायमै राखौं


 June 6, 2019     सेतो खबर

सञ्चिता घिमिरे/ललितपुर, जेठ २३ । झण्डै १६ वर्ष पहिलेदेखि रातो मछिन्द्रनाथको मूल पूजारीका रुपमा देवताको सेवामा लाग्दै आएका कपिल बज्राचार्य ६७ वर्षको भए । उनी २२/२३ वर्षको उमेरदेखि मछिन्द्रनाथको पुजारीका रुपमा देवताको सेवा गर्दै आएका छन् ।

बज्राचार्य आफूलाई रातो मछिन्द्रनाथलाई पाटन ल्याउनेमध्येका एक गुरु बन्धुदत्त बज्राचार्यको सन्तान भएको दावी गर्छन् । उनले देवताको सेवामा बिताउनुभएको यो पाँच दशकमा पूजा विधिमा परिवर्तन आएको छैन । पूजा गर्ने विधि उही र रातो मछिन्द्रनाथलाई खुशी बनाउन सके वर्षा हुने विश्वास पनि उस्तै छ ।

रातो मछिन्द्रनाथको मुख्य जात्रा हुने स्थान पाटन (अहिलेको ललितपुर महानगरपालिका) को संरचनामा भने आकाश-जमीनको परिवर्तन आइसकेको छ । पहिले खेत नै खेतले भरिएको पाटन अहिले घरैघरले भरिएको छ ।

पहिले पानी परे खेती गर्न पाउने आशा गर्ने किसानका सन्तान अहिले कोही व्यापारी/व्यवसायी त कोही जागीरे छन् । कतिपय रोजगारी वा अध्ययनका लागि विदेशमा छन् ।

अहिले पनि मछिन्द्रनाथका सेवकहरु (गुठीका भाषामा रकमे) मछिन्द्रनाथको जात्रा अघि र जात्राको अवधिभर हुने विभिन्न क्रियाकलापमा सहभागी हुन पाउँदा गर्वको महशुस गर्छन् । धर्म र संस्कृति जोगाउनु उनीहरु आफ्नो अभिभारा सम्झन्छन् ।

यहाँका दक्ष जनशक्तिले खुबी र कामअनुसार पारिश्रमिक नपाउँदा पनि धेरै दिन देवताको काममा खर्चन्छन् । मीननाथको रथमा बेतले बाँध्दै आएका चिरीकाजी महर्जनलेभने-‘सिङ्गो ललितपुरको इतिहास जोगाउन पाउँदा गर्व लाग्छ ।’

समयसँगै मछिन्द्रनाथको जात्रा सञ्चालन गर्ने तरीकामा भने परिवर्तन आउँदै छ । मछिन्द्रनाथको जात्रामा गरिँदै आइएको परम्परा खुम्चने हो कि भन्ने चिन्ता स्थानीयवासी र मछिन्द्रनाथको अध्ययन अनुसन्धान गर्दै आएकाहरुलाई छ ।

ज्योतिष दैवज्ञ कीर्तिमदन जोशी झण्डै चार दशक पहिलेसम्म वैशाख शुक्ल प्रतिपदाका दिनमा मछिन्द्रनाथको रथारोहण गरेपछि त्यही दिन वा भोलिपल्ट पुल्चोकमै रहेको मण्डप पाटीसम्म रथलाई लग्ने गरेको स्मरण गर्छन् । उनले भने- ‘मलाई याद हुँदासम्म पनि कहिले रथारोहण भएकै दिन त कहिले भोलिपल्ट मण्डप पाटीसम्म रथ लगिन्थ्यो ।’

चार दशक पहिलेदेखि साङ्केतिक रुपमा मात्रै रथलाई पाटीसम्म पुर्याउने गरिएको छ । पञ्चसूत्र धागोलाई साङ्केतिक रुपमा तान्ने गरिएको छ । साङ्केतिक रुपमा रथ तान्दा मितव्ययी हुने भएपनि संस्कृतिको निरन्तरता नहुने उनले औँल्याए । उनले भने-‘एक-दुई वटा प्रचलन गर्दै कतै रथ तान्दा नै खर्चिलो भयो भनेर साङ्केतिक रुपमा मात्रै तानिन्छ कि भन्ने चिन्ता छ ।’

मछिन्द्रनाथको सम्पत्ति प्रशस्त भएकाले कुनै पनि विधि कटौती गर्न नहुने जोशीको सुझाव छ । उनका अनुसार अहिलेसम्म मछिन्द्रनाथ गुठीका नाममा भएका सबै सम्पत्तिको यकिन विवरण समेत गुठीसँग छैन । मछिन्द्रनाथको सम्पत्तिको खोजी गरेर भएका सबै प्रचलन जस्ताको तस्तै गर्नुपर्ने उनको सुझाव छ ।

रातो मछिन्द्रनाथको जात्रा सञ्चालनका क्रममा दुई पटक साइत हेर्ने गरिएको छ । एक पटक बुङ्गमतीबाट पाटन ल्याउन र अर्को पटक थट्टिटोलबाट जावलाखेल लैजान ।

यहाँका जोशीहरुले मङ्गलबजारको सो¥हखुट्टे पाटीमा बसेर साइत हेर्ने गरेका छन् । पहिले साइत हेर्ने दिनमा हिरण्यवर्ण महाविहार ९गोल्डेन टेम्पल० बाट ३२ जना गुरुजू सो¥हखुट्टे आइपुग्थे । तीमध्ये १६ जना वरिष्ठ गुरुजू एक/एक वटा थाममा बस्दथे । उनीहरुले साइत हेर्ने अवधिभर देवताको प्रार्थना गर्थे । अहिले धेरै वर्षदेखि गुरुजूहरु आउन छाडेको जोशीले बताए ।

मछिन्द्रनाथका फरकफरक कामका लागि फरक समुदायका ‘सेवक’ को जिम्मेवारी हुन्छ । उनीहरुको कामको प्रकृति र आवश्यकता अनुसार गुठी संस्थानले दरबन्दी छुट्टाएको छ ।

अहिले कतिपय रकमे दरबन्दीभन्दा कम मात्रै कार्यरत छन् । गुठीले साइत हेर्न चार ज्योतिषको दरबन्दी कायम गरेको छ । गणक, लेखक, स्रोता र दर्शकको व्यवस्था गुठी संस्थानमा रहेको छ ।

धेरै वर्षदेखि दुई जना मात्रै ज्योतिषले मछिन्द्रनाथको साइत हेर्दै आएका छन् । प्रमुख ज्योतिषको सल्लाहमा अरु दुई जना पनि नियुक्त गर्नुपर्नेमा ज्योतिष दैवज्ञ जोशीको जोड छ । उनले भने-‘संस्कृतिको निरन्तरताका लागि पहिले जसरी गर्दै आएको हो त्यसैगरी गर्नुपर्छ । जति जनाले गर्दै आएको हो अहिले पनि त्यसको निरन्तरता हुनुपर्छ ।’

मछिन्द्रनाथको जात्राका लागि बुङ्गमतीबाट देवतालाई पाटन ल्याइन्छ । यहाँ ल्याएपछि रथ निर्माण, रथारोहण र रथ यात्रा हुँदै आएको छ । रथ यात्राको बाटो उही छ । तिथिका आधारमा रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । रथ पुगेको स्थानमा पुगेको दिन छोय्लाभूु ९प्रारम्भिक जात्रा० र त्यसको भोलिपल्ट मूल जात्रा ९भुज्याः० गरेर हर्षोल्लासका साथ जात्रा मनाइन्छ ।

मछिन्द्रनाथको रथयात्रा हुने ठाउँमा पहिले रथ गुड्न पुग्ने ठिक्कको ‘ट्र्याक’ रहेको यहाँका बूढापाकाले बताउँदै आएका छन् । ‘ट्र्याक’ ले गर्दा रथ ट्र्याकबाट बाहिर जान पाउँदैनथ्यो ।

रथले घरलाई छुने सम्भावना पनि थिएन । समयअनुसार अहिले यहाँका भौतिक संरचना परिवर्तन भइरहेको छ । पहिलेका ती ट्र्याकहरु अहिले मासिसकेको देख्न सकिन्छ । अहिले जतासुकै सडक कालोपत्रे छ । उनले भने-‘चार दशक पहिलेदेखि नै ती ट्र्याक हराइसकेका छन् ।’

मछिन्द्रनाथको जात्रा शुरु हुँदा पहिले बुङ्गमतीबाट नै रथमा राखेर पाटन ल्याइन्थ्यो । लामो बाटो हुँदा खर्चिलो र समय बढी लाग्ने भयो । मल्लकालमा नै बा¥ह वर्षमा मात्रै बुङ्गमतीबाट ल्याउँदा रथमा राखेर ल्याउन थालिएको हो ।

दक्षिणायन हुँदा बुङ्गमती र उत्तरायन हुँदा पाटनमा मछिन्द्रनाथलाई राखिने ज्योतिषी दृष्टिकोणबाट निधो भयो । उनी भन्छन्– ‘उत्तरायनलाई शुभ ९देव० महिना र दक्षिणायनलाई ९अशुभ० महिना मानिन्छ ।’

बुङ्गमतीबाट पहिले रथ पाटनसम्म ल्याउन कठिन थियो । अप्ठेरो बाटो हुँदा ठाउँठाउँमा रोक्दै ल्याउनुपर्दथ्यो । अहिले सबैतिर सडक राम्रो छ । तैपनि परम्परादेखि रोक्दै आएकाले नख्खु खोलामा पुगेपछि रोकिने गरिएको जोशी बताउँछन् ।

सिङ्गो काठमाडौँ उपत्यकासँगै पाटनको भूगोल पनि बदलिएको छ । पहिले हक नामक खोला बग्ने मङ्गलबजारमा अहिले सवारीसाधनको भीड हुने गर्छ । तर, पहिले जस्तै गरेर खोला तार्ने परम्परा अहिले पनि उस्तै रहेको छ ।

मछिन्द्रनाथको त्रिलोक भ्रमणअन्तर्गत गाःबहालदेखि सुन्धारासम्मको रथ यात्राका क्रममा हक खोलामा पुग्दा रुमाल वा धोती फेर्न लगाउने गरिएको छ । त्यस दिन रथलाई मङ्गलबजार आसपास राख्ने गरिएको छ ।

‘याकः मिसा भुज्याः’ अर्थात महिलाले रथ तान्ने दिन तामझामका साथ जात्रा हुन्छ । इटिटोलमा रहेको रथलाई महिलाले तानेर थट्टिटोलसम्म पु¥याउँछन् । यो एकल महिलाको जात्रा हो । मछिन्द्रनाथको कीर्तिपुरमा रहेकी प्रेमिकाको स्मरणमा जात्रा मनाउने गरिन्छ । पहिले एकल महिलाले रथ तान्ने भनिए पनि अहिले सबै खालका महिला सहभागी हुन्छन् ।

उनले भने– ‘रथ यात्राका विभिन्न खालका पक्ष मध्ये यो पनि एक हो ।’ ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता हुँदै आएको छ ।

रथ लिन जाँदा ललितपुरका किसान ललित रथचक्र, काठमाडौंका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदव सँगसँगैै जानुले पनि जात्रामा काठमाडौं र भक्तपुरवासी जोडिएको देखाउँछ ।

त्यसो त यी तीनै जनाको सम्झनामा रथ यात्रा हुने गर्छ । त्रिलोक भनिने मछिन्द्रनाथको रथयात्रामा पुल्चोकबाट गाःबहालसम्म गुरु बन्धुदत्त बज्राचार्यको, गाःबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथचक्रको स्मरणमा हुने गरेको छ । अहिले पनि पुल्चोकबाट गाःबहालसम्मको जात्रालाई काठमाडौँवासीको र गाःबहालबाट सुन्धारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ ।

पहिले काठमाडौँवासी र भक्तपुरवासी आ-आफ्नो पालामा रथ तान्न आउँथे । अहिले धेरै वर्ष भयो उनीहरुले रथ तान्न छाडेको । ज्यापु समाज यलले नै रथ तान्ने जिम्मेवारी लिएको छ । रथ तान्ने मात्रै नभएर सुरक्षित रुपमा भनिएको ठाउँमा पुर्याउनुपर्ने भएकाले समाजले तान्नु सकारात्मक भएको जोशीले बताए ।

पहिले पहिले रथ तान्ने काम लगाम नभएको घोडा जस्तो थियो । स्थानीयवासी राति अबेरसम्म रथ तान्दथे । पहिले रथ ढल्कने हुँदा दुर्घटनाको डर थियो । समाजले जिम्मेवारी लिएपछि अहिले व्यवस्थित बनेको छ । उनले भने– ‘ज्यापु समाजले तान्न थालेसँगै रथ तान्ने काम व्यवस्थित बनेको छ । अहिले रथ ढल्केको जस्ता अप्रिय कुरा सुन्नु परेको छैन ।’

मछिन्द्रनाथ जात्राको तयारीका लागि गुठी संस्थान झण्डै वर्षभर नै लाग्ने गर्छ । पहिलो दुईरचार महिना कागजी काममै लाग्ने गर्छ । त्यसपछि कार्यालयले आवश्यकताअनुसार रकमेलाई परिचालन गरेर काम अघि बढाउँछ । देवतालाई पाटन ल्याएदेखि नै रकमेहरुको कार्यालयमा बाक्लो उपस्थिति देखिन्छ ।

कहिले सल्लाहका लागि त कहिले ज्याला कम भएको भन्दै गुनासो गर्न आएका उनीहरु भेटिन्छन् । एकातिर कार्यालयका कर्मचारी ज्याला जिल्लाको दर भन्दा कम नभएको बताउन गरेका छन् भने अर्कातिर रकमे वर्षेनी ज्याला कम भएको गुनासो गर्छन् । त्यति हुँदाहुँदै पनि उनीहरु मन लगाएर काम गर्छन् । समयमै र तिथिअनुसार सबै काम हुने गरेको छ ।

गुठी संस्थान ललितपरका प्रमुख शैलेन्द्र पौडेलले रकमेको व्यवस्था गर्न गा¥हो भएको बताए । पहिले खेती किसानी गर्ने हुँदा स्थानीयवासी सजिलै समय निकाल्थे अहिले उनीहरु अरु पेशामा लागेकाले समय निकाल्न मुश्किल छ । तैपनि उनीहरुले गर्नुपर्ने काम गरिरहेका छन् । उनले भने-‘उहाँहरु धेरैले देवताको काम गर्न पाएँ भनेर गर्व गर्ने गर्छन् ।’

यस वर्ष आगामी आइतबार (वैशाख २६) मा जावलाखेलमा भोटो देखाइँदैछ । रथलाई लगनखेलबाट जावलाखेल लगेको चौथो दिन भोटो देखाउने गरिएको छ । भोटो जात्रा हेर्न राष्ट्र प्रमुख जावलाखेल आउने परम्परा छ । सरकारले जात्राका दिन सार्वजनिक बिदा दिँदै आएको छ । रासस

LIC
LIC



Ime Inside